धादिङ- १ को मतगणना शुरु भएको छ ।
रुकुमपूर्व पुर्वको मत गणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ ।
काठमाडौँ- १० मा रास्वपाका प्रदिप विष्टले फराकिलो अन्तर बनाएका छन् ।
देशका विभिन्न स्थानमा मतगणना शुरु भएको छ ।
झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुरुवाती अग्रता लिएका छन् ।
झापामा ६४. २४ प्रतिशत मतदान भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन सुरक्षासम्बन्धी चुनौती सबैभन्दा ठूलो रहेको बताएकी छन् ।
चितवनमा ६४.११ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।
काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा मतदान सफलतापूर्वक सम्पन्न भएको छ।
.. ..