प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध सात उजुरी

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् । 

Artha Kendra Artha Kendra
आइतबार, ३ जेठ २०८३, ७:४५ PM
फन्ट
प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध सात उजुरी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् । 

वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा ७ उजुरी परेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । 

समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबारसम्म रहेको छ । प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ हुनेछ ।

 न्यायाधीश डा. शर्मालाई बैशाख २४ गते बसेको संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.