समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाले पाए बचत
सरकारले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा ३ वटा सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ ।
समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका हुन् ।
समितिले पहिलो दिन न्यून बचत भएका बचतकर्ताबाट रकम फिर्ता सुरु गरिएको जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम वितरण गरिने बताइएको छ ।
हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
समितिका अनुसार ५ लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता तथा सोभन्दा बढी रकम बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल बचतकर्तामध्ये ५ लाखभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्ता प्रक्रिया प्रभावकारी बनाउन सहकारीहरूको ऋण असुली कार्य पनि तीव्र बनाइएको बताइन् ।
उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको विवरण सार्वजनिक गरिएपछि ऋण चुक्ता गर्ने क्रम बढ्न थालेको छ । केही ऋणीहरू आफैं सम्पर्कमा आएर ऋण तिर्ने प्रतिबद्धता समेत जनाइरहेका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ । समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अगाडि बढाइने जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.