कार्की आयोग र मानव अधिकारी आयोगको प्रतिवेदन सार्बजनिक गर्न सांसद केसीको माग
नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंशात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र सोहि घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन छानबिन गर्न माग गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंशात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र सोहि घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले दुवै प्रतिवेदन सरकारले बुझिसकेको भए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका हुन् । केसीले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको अध्ययन तथा अनुसन्धान गर्न लिली थापाको संयोजकत्वमा तयार पारिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अझै सार्वजनिक किन नगरिएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी संसदका सबै सदस्यलाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद केसीले यस्ता गम्भीर प्रकृतिका घटनामाथि बनेका प्रतिवेदन गोप्य राखिनु लोकतान्त्रिक मूल्य मान्यता र पारदर्शिता विपरीत हुने बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.