साइबर आक्रमणपछि रोकिएको सेयर कारोबार आजदेखि सञ्चालन
डेटा हबको समस्या समाधान भएको नेप्सेको जानकारी, नियमित समयअनुसार बिहान ११ बजेदेखि कारोबार खुल्ने
काठमाडौं। साइबर आक्रमणका कारण एक दिन पूर्ण रूपमा रोकिएको नेपाली सेयर बजार आज मंगलबारदेखि पुनः खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डेटा हब प्रालिको डेटा सेन्टरमा देखिएको समस्या समाधान भइसकेको जानकारी दिँदै ७२ ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत नियमित कारोबार सञ्चालन हुने जनाएको छ।
नेप्सेका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित समयमै सेयर किनबेच हुनेछ।
डेटा हबमा होस्ट गरिएको पूर्वाधारमाथि र्यान्समवेयर आक्रमण भएपछि सोमबार ७२ ब्रोकर कम्पनीको टीएमएस सञ्चालन हुन सकेको थिएन। बजारमा हाल ९० ब्रोकर कम्पनी सक्रिय रहे पनि अधिकांश ब्रोकरले वाइको प्रालिले विकास गरेको साझा टीएमएस प्रयोग गर्दै आएका छन्। यसको ब्याकअप तथा पूर्वाधार व्यवस्थापन डेटा हब प्रालिले गर्दै आएको छ।
आक्रमणको जानकारी डेटा हबले आइतबार बिहान वाइकोलाई गराएको थियो। आक्रमण अन्य जोडिएका सञ्जाल र प्रणालीमा समेत फैलिएको हुन सक्ने जोखिम देखिएपछि प्रभावित पूर्वाधारलाई तत्काल अलग राखिएको थियो।
आक्रमण हुनुभन्दा अगाडि सम्पूर्ण पूर्वाधारको ब्याकअप लिइसकिएको र त्यसलाई सुरक्षित रूपमा छुट्टै राखिएको डेटा हबले जानकारी दिएको थियो। त्यसपछि प्राविधिक टोलीले प्रणालीको सुरक्षा परीक्षण, फरेन्सिक विश्लेषण र पुनःस्थापनाको काम अघि बढाएको थियो।
केही ब्रोकर कम्पनीका प्रणाली फरक डेटा सेन्टरमा रहेकाले उनीहरूले कारोबार सञ्चालन गर्न सक्ने अवस्था थियो। तर सीमित ब्रोकरबाट मात्र कारोबार गराउँदा लगानीकर्ताबीच असमान पहुँच सिर्जना हुने भएपछि सोमबार सम्पूर्ण बजार बन्द गरिएको थियो।
डेटा सेन्टरको समस्या समाधान भएसँगै नेप्सेले आजदेखि सबै लगानीकर्ताका लागि कारोबार पूर्ववत् सञ्चालन गर्ने निर्णय गरेको हो। यद्यपि आक्रमणको वास्तविक दायरा, प्रभावित प्रणाली र तथ्यांकमा कुनै क्षति पुगेको छ वा छैन भन्ने विषयमा विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक हुन बाँकी छ।
यो घटनाले नेपालको पुँजी बजारमा प्रयोग भइरहेको साझा डिजिटल पूर्वाधार, ब्याकअप प्रणाली र साइबर सुरक्षाको तयारीमाथि गम्भीर प्रश्न भने उठाएको छ।
प्राविधिक समस्याका कारण आज नेप्सेको कारोबार स्थगित
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मिति २०८३/०६/०५ गतेको नियमित कारोबार स्थगित गरेको छ।
यो पनि पढ्नुहोस्
सेयर कारोबारमा नयाँ करदर राजपत्रमा प्रकाशित, दीर्घकालीनलाई ३.७५% र अल्पकालीनलाई ५%
सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको नयाँ दरसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
‘प्राविधिक समस्या’भित्र र्यानसमवेयरको त्रासः ब्रोकरको आग्रहमा नेप्से बन्द, सेबोनले थाल्यो छानबिन
९२ मध्ये ७२ ब्रोकरको प्रणाली राखिएको डाटा सेन्टर प्रभावित भएपछि कारोबार रोकियो; सेबोनले पाँच सदस्यीय टोली गठन गर्दै नेप्सेसँग सात दिनभित्र प्रतिवेदन माग्यो

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.