सेयर कारोबारमा नयाँ करदर राजपत्रमा प्रकाशित, दीर्घकालीनलाई ३.७५% र अल्पकालीनलाई ५%
सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको नयाँ दरसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
काठमाडौं। सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको नयाँ दरसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ। यससँगै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर बिक्री गर्दा प्राप्त गर्ने लाभमा होल्डिङ अवधिअनुसार ३.७५ प्रतिशत वा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ।
राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचनाअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा ३.७५ प्रतिशत अग्रिम कर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ।
सरकारले यसअघि मन्त्रिपरिषद् बैठकबाट उक्त करदर कायम गर्ने निर्णय गरेको थियो।


Comments
1 comment · join the conversation
Amar Yadav
·Amar Yadav boss
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.