झापामा बालेनलाई गोली हान्नुपर्छ भन्दै भाइरल भइरहेको भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान

बिहिबार, ८ माघ २०८२, ११:४६ AM
post-image

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई झापामा गोली हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ। यसबारे साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ।

टिकटक लाइभमार्फत ज्यान मार्ने धम्की दिइएको विषय सार्वजनिक भएपछि ब्युरोले बुधबारदेखि सूक्ष्म अनुसन्धान थालेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सामाजिक सञ्जालमा प्रमुख शाहमाथि भौतिक आक्रमण गर्ने योजना बुनिएको भन्ने भिडिओका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।

भाइरल भिडिओमा केही व्यक्तिले बालेनझापा पुगेको समयमा गोली हान्ने वातावरण बनाउनुपर्ने भन्दै उत्तेजक संवाद गरेका छन्। संवादमा संलग्न एक व्यक्तिले झापा क्षेत्र नं. ५ का प्रतिनिधिसँग कुरा भइसकेको र सर्वदलीय बैठककै क्रममा गोली हान्न तयार रहेको दाबी गरेका छन्। उनीहरूले शाहलाई लखेट्ने, बाटो छेक्ने, कुटपिट गर्ने र कालोमोसो दल्नेसम्मका धम्की दिएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}