झापा–५ मा बालेनको उम्मेदवारी दर्ता

मंगलबार, ६ माघ २०८२, १:४७ PM
post-image

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

बालेनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् । 

हजारौं समर्थकका निर्वाचन कार्यालय पुगेका बालेनको प्रतिष्पर्धा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भएको छ । 

रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेका बालेन झापा-५ मा चुनाव लड्न पुगेपछि यस चुनावको इपिसेन्टर झापा बनेको छ ।

यस क्षेत्रमा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}