गुल्मी–१ बाट रास्वपाका उम्मेदवार बने सागर ढकाल

सोमबार, ५ माघ २०८२, ६:४९ PM
post-image

काठमाडौं, माघ ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ निर्वाचन क्षेत्रबाट सागर ढकाललाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी रोजेका हुन्।

टिकट पाएलगत्तै उनले गुल्मीलाई गुजराती मोडलमा विकास गर्ने योजना सार्वजनिक गरेका छन्। उनका अनुसार भारतका प्रमुख उद्योगपति र राजनीतिक नेताहरूमा गुजराती सोच हाबी भएको जस्तै गुल्मी र वरपरका जिल्लाहरू नेपालकै बौद्धिक शक्ति केन्द्रका रूपमा स्थापित छन्।

ढकालले गुल्मीको पानीमै बौद्धिकता, उत्कृष्टता र इमान्दारिता रहेको उल्लेख गर्दै अबको २५ वर्षमा नेपाललाई व्यापक विकासको फड्को दिलाउने लक्ष्य प्रस्तुत गरेका छन्। उनले कर्मचारीतन्त्रका समस्या समाधान गर्दै देशको कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}