बानेश्वरमा प्रहरी दमनपछि जेनजी आन्दोलन हिंसात्मक : दुईको मृत्यु, सयभन्दा बढी घाइते

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्द र शासकीय मनोमानीविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन सोमबार काठमाडौंको नयाँ बानेश्वरमा हिंसात्मक बनेको छ। प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।
निजामती अस्पतालमा एक जनाको मृत्यु पुष्टि भएको छ भने वीर अस्पतालको ट्रमा सेन्टरमा ३० जना घाइतेको उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ। प्रदर्शन चर्किएपछि प्रशासनले बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास आसपासको क्षेत्रमा मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
तर कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन जारी राखिएको छ। प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गर्दै बल प्रयोग गरिरहेको छ। आन्दोलनले राजधानीमा गहिरो राजनीतिक र सामाजिक तनाव सिर्जना गरेको छ।

जेनजीको प्रदर्शनमा प्रहरीको गोली : एकको मृत्यु, दर्जनौं घाइते
सामाजिक सञ्जाल बन्दको विरोधमा नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक मोडमा पुगेको छ।

नयाँ बानेश्वरमा जेनजी प्रदर्शन : प्रहरीले चलायो रबरको गोली, कर्फ्यू आदेश जारी
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

जेनजीको प्रदर्शन: काठमाडौंमा कर्फ्यु
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।