बानेश्वरमा प्रहरी दमनपछि जेनजी आन्दोलन हिंसात्मक : दुईको मृत्यु, सयभन्दा बढी घाइते

प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, २:४८ PM
फन्ट
बानेश्वरमा प्रहरी दमनपछि जेनजी आन्दोलन हिंसात्मक : दुईको मृत्यु, सयभन्दा बढी घाइते

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्द र शासकीय मनोमानीविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन सोमबार काठमाडौंको नयाँ बानेश्वरमा हिंसात्मक बनेको छ। प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

निजामती अस्पतालमा एक जनाको मृत्यु पुष्टि भएको छ भने वीर अस्पतालको ट्रमा सेन्टरमा ३० जना घाइतेको उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ। प्रदर्शन चर्किएपछि प्रशासनले बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास आसपासको क्षेत्रमा मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

तर कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन जारी राखिएको छ। प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गर्दै बल प्रयोग गरिरहेको छ। आन्दोलनले राजधानीमा गहिरो राजनीतिक र सामाजिक तनाव सिर्जना गरेको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.