जेनजीको प्रदर्शनमा प्रहरीको गोली : एकको मृत्यु, दर्जनौं घाइते

सामाजिक सञ्जाल बन्दको विरोधमा नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक मोडमा पुगेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, १:५० PM
फन्ट
जेनजीको प्रदर्शनमा प्रहरीको गोली : एकको मृत्यु, दर्जनौं घाइते

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दको विरोधमा नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक मोडमा पुगेको छ। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। सिभिल अस्पतालमा उपचाररत घाइतेमध्ये एकजनाको मृत्यु भएको अस्पताल निर्देशक मोहन रेग्मीले पुष्टि गरेका छन्।

प्रदर्शनमा सहभागी ७०–८० जना घाइते छन् भने मृतकको परिचय खुल्न बाँकी छ। संसद भवन अगाडि प्रदर्शन चर्किएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहले डिस्कर्ड र रेडिटजस्ता प्रतिबन्धित माध्यममार्फत आन्दोलनको आह्वान गरेका थिए।

सत्ताको मनोमानी, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारको पक्षमा उत्रिएको यो आन्दोलनले राजनीतिक र प्रशासनिक तहमा गम्भीर चुनौती खडा गरेको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.