आईपीओ पर्‍यो एउटालाई, शेयर गयो अर्कैको खातामा

आईपीओ परेको लगानीकर्ताको शेयर अर्कैको खातामा देखिएको गुनासो लगानीकर्ताहरूले गरेका छन्।

Artha Kendra Artha Kendra
सोमबार, २ भदौ २०८२, ८:५० PM
फन्ट
आईपीओ पर्‍यो एउटालाई, शेयर गयो अर्कैको खातामा

काठमाडौं, भदौ २हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्कासन (IPO) बाँडफाँडपछि शेयर डिम्याट खातामा चढाउने क्रममा एनआइसी एशिया क्यापिटल लिमिटेडद्वारा गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ। आईपीओ परेको लगानीकर्ताको शेयर अर्कैको खातामा देखिएको गुनासो लगानीकर्ताहरूले गरेका छन्।

 सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले एक विज्ञप्ति जारी गर्दै एनआइसी एशिया क्यापिटल लिमिटेडबाट प्राविधिक त्रुटि भएको पुष्टि गरेको छ। उक्त त्रुटिका कारण प्रभावित खातामा गएको शेयरलाई हाललाई रोक्का गरिएको जानकारी दिइएको छ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको आईपीओ निष्कासन भएको एक महिना बितिसक्दा पनि धेरै लगानीकर्ताको शेयर डिम्याटमा नआएको समाचार सेलाउन नपाउँदै अर्को समस्या सतहमा आएको हो।

यसबीच, हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कहिले सूचीकरण हुने र कहिले कारोबार खुल्ने भन्ने विषयमा लगानीकर्ताहरू अझै अन्योलमा छन्।

सम्बन्धित (पुरानो)
हिम स्टार उर्जाको सेयर डिम्याटमा आउन अझै दुई दिन लाग्ने, कारोबार सुरु हुन कति समय लाग्ला?

अब प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुई दिनभित्र सेयर लगानीकर्ताको खातामा देखिने क्यापिटलले जनाएको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.