शेयर किनबेच सिफारिस गर्नेहरूलाई नेप्सेको कडा चेतावनी, यसरी दिन सकिन्छ उजुरी

सोमबार, २ भदौ २०८२, ५:५८ PM
post-image

काठमाडौं, भदौ २ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामाजिक सञ्जालमार्फत भ्रामक शेयर टिप्स, किन्ने–बेच्ने सल्लाह र अफवाह फैलाउने गतिविधिप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।

नेप्सेले आधिकारिक सूचना र प्रेस नोट मात्र आफ्नै वेबसाइट तथा प्रमाणित सामाजिक सञ्जालमार्फत प्रकाशित हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य माध्यममार्फत आएका सूचनामा विश्वास नगर्न आग्रह गरिएको छ।

संस्थाको नाम वा लोगो दुरुपयोग गरी पेज, समूह वा एप बनाएर शेयर बजारसम्बन्धी सूचना प्रवाह गर्नु कानूनी अपराध हुने चेतावनी पनि नेप्सेले दिएको छ।

लगानीकर्तालाई हल्ला वा आधारहीन रिपोर्टमा भर पर्नु भन्दा आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरिएको छ।

हालै बजारमा विभिन्न वेबसाइट तथा एपहरूले "AI Buy–Sell Signal" भन्दै विभिन्न प्याकेजहरू बिक्री गरिरहेको पाइएको छ, जुन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार गैरकानुनी गतिविधि हो। यस्ता कार्यहरूले पूँजी बजारमा भ्रम सिर्जना गर्ने, लगानीकर्तालाई गलत सल्लाह दिने तथा बजारलाई अनावश्यक रूपमा प्रभावित पार्ने सम्भावना हुन्छ।

यदि तपाईंले यस्ता गतिविधि देख्नुभएको छ भने, सम्बन्धित स्क्रीनशट तथा प्रमाणहरू संकलन गरी नेप्सेलाई [email protected] इमेलमार्फत उजुरी गर्न सकिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}