स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणका लागि खुला, कति दिने आवेदन?

शुक्रबार, ३० श्रावण २०८२, ८:३० AM
post-image

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओ बाँडफाँटपछि अब आम लगानीकर्ताका लागि दोस्रो चरणको निष्काशन सुरु गरिएको हो।

लघुवित्तले कुल जारी पूँजीको ४० प्रतिशत अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा कर्मचारीका लागि १ हजार १५५ कित्ता, सामूहिक लगानी कोषका लागि ११ हजार ५५० कित्ता, तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २३ हजार १०० कित्ता शेयर निष्काशन गरिएको थियो।

अब दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार १९५ कित्ता शेयर बिक्री खुला गरिएको हो। आवेदन दिने अन्तिम मिति छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गतेसम्म तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

अघिल्लो विगत हेर्दा, यस्तो आईपीओ पर्ने सम्भावना निकै कम देखिन्छ त्यसैले १० कित्ता को लागि आवेदन दिनु उपयुक्त हुन्छ

👉 Swastik Laghubitta IPO Application Statistics

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}