१ हप्ता नपुग्दै नेप्सेमा दोहोरियो समस्या, मूल्य समायोजनमा फेरि गडबडी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा एक हप्ताभित्रै पुनः समस्या देखिएको छ

Artha Kendra Artha Kendra
सोमबार, १९ श्रावण २०८२, ४:११ PM
फन्ट
१ हप्ता नपुग्दै नेप्सेमा दोहोरियो समस्या, मूल्य समायोजनमा फेरि गडबडी

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा एक हप्ताभित्रै पुनः समस्या देखिएको छ। गत साता मात्रै मूल्य समायोजन सम्बन्धी गम्भीर गडबडी भएको अवस्थामा, हाल पुनः त्यस्तै त्रुटि देखिन थालेको हो।

हाल नेप्सेले आफ्नो वेबसाइट बन्द गरिसकेको भए पनि तेस्रो पक्षलाई उपलब्ध गराइएको डेटामा मूल्य समायोजन गरिएको देखिन्छ। तर ती समायोजनहरूमा पनि पहिलेको जस्तै गम्भीर त्रुटिहरू देखिएको छ। धेरैजसो कम्पनीहरूमा घट्ने ठाउँमा मूल्य बढाइएको छ भने बढ्ने ठाउँमा उल्टै घटाइएको छ।

नेप्सेले नियमित मर्मत कार्य भन्दै वेबसाइट बन्द गरिएको देखिए पनि बारम्बार एउटै समस्या दोहोरिनु प्रणालीमा गम्भीर कमजोरीको संकेत हो। लगानीकर्ताहरूले नेप्सेको कार्यक्षमता र विश्वसनीयता सम्बन्धमा शंका व्यक्त गर्न थालेका छन्।

यस विषयमा सरोकारवाला निकायहरूको शीघ्र ध्यान जानु आवश्यक देखिएको छ।

सम्बन्धित (पुरानो)
नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा पुनः समस्या, समायोजित मूल्य अद्यावधिक हुन सकेन

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा पुनः प्राविधिक समस्या देखिएको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.