१ हप्ता नपुग्दै नेप्सेमा दोहोरियो समस्या, मूल्य समायोजनमा फेरि गडबडी

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा एक हप्ताभित्रै पुनः समस्या देखिएको छ। गत साता मात्रै मूल्य समायोजन सम्बन्धी गम्भीर गडबडी भएको अवस्थामा, हाल पुनः त्यस्तै त्रुटि देखिन थालेको हो।
हाल नेप्सेले आफ्नो वेबसाइट बन्द गरिसकेको भए पनि तेस्रो पक्षलाई उपलब्ध गराइएको डेटामा मूल्य समायोजन गरिएको देखिन्छ। तर ती समायोजनहरूमा पनि पहिलेको जस्तै गम्भीर त्रुटिहरू देखिएको छ। धेरैजसो कम्पनीहरूमा घट्ने ठाउँमा मूल्य बढाइएको छ भने बढ्ने ठाउँमा उल्टै घटाइएको छ।
नेप्सेले नियमित मर्मत कार्य भन्दै वेबसाइट बन्द गरिएको देखिए पनि बारम्बार एउटै समस्या दोहोरिनु प्रणालीमा गम्भीर कमजोरीको संकेत हो। लगानीकर्ताहरूले नेप्सेको कार्यक्षमता र विश्वसनीयता सम्बन्धमा शंका व्यक्त गर्न थालेका छन्।
यस विषयमा सरोकारवाला निकायहरूको शीघ्र ध्यान जानु आवश्यक देखिएको छ।

बढ्नु पर्नेमै उल्टै घट्यो नेप्से, औसत निकाल्न गडबड भएको आशंका
समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।

नेप्सेको मूल्य समायोजन प्रणालीमा समस्या – के पहिलेको डेटामा पनि विश्वास गर्न नसकिने हो?
आज साउन १२, २०८२ को २ ओटा कम्पनीको समायोजन हेर्दा नेप्सेको यो प्रणालीमै शंका गर्न सकिने ठाउँ देखिएको छ।