नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा पुनः समस्या, समायोजित मूल्य अद्यावधिक हुन सकेन

सोमबार, १९ श्रावण २०८२, ३:३६ PM
post-image

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा पुनः प्राविधिक समस्या देखिएको छ। नेप्सेको वेबसाइट केही समयदेखि बन्द अवस्थामा रहेको छ, जसका कारण लगानीकर्ताहरूले आजको समायोजित मूल्यसम्बन्धी जानकारी प्राप्त गर्न सकेका छैनन्।

सामान्यतः नेप्सेले दैनिक रूपमा दिउँसो ३:५० बजेसम्म समायोजित मूल्य अद्यावधिक गर्ने गर्दछ। तर आज ३:३७ बजेसम्म पनि समायोजित मूल्य अद्यावधिक हुन सकेको छैन।यस सम्बन्धमा बुझ्न खोज्दा नेप्सेका प्रवक्ता तथा सूचना अधिकारी मुराहरी पराजुलीसँग सम्पर्क गर्न खोज्दा फोन उठेन।

यसअघि पनि नेप्सेको प्रणालीमा समस्या देखिएको थियो, जहाँ वेबसाइटमा गल्तीपूर्ण मूल्य अद्यावधिक भएपछि नेप्सेप्रति चर्को आलोचना भएको थियो। अहिलेको समस्या समाधानमा नेप्सेले आधिकारिक प्रतिक्रिया दिएको छैन।

लगानीकर्ताहरूले शीघ्र मूल्य अद्यावधिक र पारदर्शी प्रणालीको माग गरिरहेका छन्।

Update:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा हाल 'scheduled maintenance' को सूचना देखिएको छ। तर, सामान्यतः यस्तो नियमित मर्मत कार्य वेबसाइट कम प्रयोग हुने रातिको समयमा गरिने प्रचलन रहँदै आएकोमा यसपटक दिउँसो नै साइट बन्द गरिनु अस्वाभाविक देखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}