"आदेश कुर्दै थिएँ, मिडियाबाट थाहा भयो" : निकिता लामिछाने
काठमाडौँ — सहकारी ठगी मुद्दामा पक्राउ परी हिरासतमा रहेका सञ्चारकर्मी तथा सांसद रवी लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले सर्वोच्च अदालतको फैसला मिडियाबाट थाहा पाएको भन्दै अदालत प्रशासनको गैरजिम्मेवारीप्रति आक्रोश व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै उनले न्याय र मानवीयतामाथि नै प्रश्न उठाएकी छिन्।
जेठ ९ गते शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइको अन्तिम दिन निकिता अदालतमा उपस्थित थिइन्। "न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें," उनले लेखेकी छिन्, "बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो।"
करिब दुई बजेतिर बहस सकिएपछि उनी आदेशको प्रतीक्षामा थिइन्। सह–रजिष्ट्रार (प्रवक्ता) को कार्यकक्षमा केही सञ्चारकर्मीसहित करिब ७ घण्टा आदेश पर्खेर बसेको उनले बताएकी छिन्। तर, "‘एकैछिन है ...’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए," उनले लेखेकी छिन्।
अदालतबाट बाहिरिने क्रममा एकजना आफन्तले फोनमा "नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें" भनेपछि मात्रै आफूले आदेशबारे थाहा पाएको उनको भनाइ छ। "म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार," उनले प्रश्न गरेकी छिन्।
निकिताले अदालतले न्याय त नदिएको मात्र नभई मानवीय व्यवहार पनि नगरेको आरोप लगाएकी छिन्। "मानवता हराएको देश!" भन्दै उनले आफ्नो पीडा व्यक्त गरेकी छिन्। शुक्रबारको दिनलाई उनले "जिन्दगीकै अत्यन्तै कठिन दिन" को संज्ञा दिएकी छिन्।
शनिबार भैरहवा गएको र "जिउँदो लास भएर" हिँडेको अनुभव सुनाउँदै उनले न्यायका लागि अब कहाँ जाने भन्ने प्रश्न गरेकी छिन्। "केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?" उनको प्रश्न छ।
गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आफ्नो आस्था र विश्वासको जग हल्लिएको उनले बताएकी छिन्। उनले आफ्नो पोस्टको अन्त्यमा #JusticeForRabiLamichhane ह्यासट्याग प्रयोग गरेकी छिन्।
रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको वारेमा छलफल हुने भएको छ ।
यस्तो छ सर्वोच्चको आदेश : रवि र छविलाल दुवै थुनामै रहने (पूर्णपाठ)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न नपर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको छ।
रवि लामिछाने थुनामुक्त नहुने सर्वोच्चको निर्णय, उच्च अदालतको आदेश सदर
सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गर्दै थुनामुक्त गर्न माग गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ।
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन दिएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.