२०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ ।
काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ ।
शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।
नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गर्दै नेपालीको जीवन गुमेको, घाईते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.