निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरेको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन् ।
नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयमा भएको आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि विवाद चुलिएको छ ।
पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ ।
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुदा हुदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।
क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.