बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

आइतबार, ११ जेठ २०८२, ४:३४ PM
post-image

काठमाडौं, ११ जेठ । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । 

आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।

यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}