श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन् ।
होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् ।
नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति बारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्रीमा पुन: नियुक्त भएका छन् ।
राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् ।
.. ..