सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णय

सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ३१ भदौ २०८३, २:५५ PM
फन्ट
सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरेको छ।

बुधबार बसेको बैठकले संसद्बाहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने भएको छ भने अर्को संसदीय विशेष समिति बनाउने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्।

उच्चस्तरीय राजनीतिक संयन्त्र रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा बनाइएको छ। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी र जसपा नेपाल रहने छन्।

खरेलले भने, ‘दिगो रूपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको सन्दर्भमा छलफल गर्नको लागि रास्वपाका सभापति रवि लामिछाने संयोजक रहनुभएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।

त्यस्तै, बैठकले संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ।

बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता वर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरू उपस्थित रहेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.