प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ भदौ २०८३, २:३१ PM
फन्ट
प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार र सार्वजनिक लेखा समितिमा भ्रष्टाचारको उजुरी परेको भन्दै सरकारले किन बचाएको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्– ‘सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको छ । तर करोडौँ–करोडौँ भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत र उनकी श्रीमतीलगायतका ठूला अधिकारीमाथि लागेको छ । करोडौँ भ्रष्टाचार गरेको आरोपको उजुरीदेखि अख्तियारदेखि सार्वजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ । तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजा खाइदिएको आरोप उनलाई लागेको छ ।’

सांसद सुनारले सरकारले उनलाई बर्खास्त किन गरेको छैन भन्ने प्रश्न गर्दै भने– ‘उनीमाथि छानबिन किन भइरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

AK

Abiral karki

·

Khagendra sunuwar lai barkhasta garna mag gardaxu