एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न काठमाडौँ महानगरको प्रस्ताव आह्वान
काठमाडौँ महानगरपालिकाले आफ्नो एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको छ।
काठमाडौँ महानगरपालिका एग्रो पुलिङ कार्यविधि, २०८१ बमोजिम स्थानीय प्रविधि, सीप, श्रम तथा रैथाने उत्पादन र सामूहिक खेतीलगायतका माध्यमबाट उत्पादन भएका खाद्यान्न तथा कृषि उपजको सङ्कलन, परीक्षण, प्याकेजिङ, लेबलिङ, ढुवानी, भण्डारण र बिक्री वितरणका लागि महानगरपालिकाले अन्य स्थानीय तहसँग सहकार्य गर्न लागेको हो ।
महानगरपालिकाले स्थानीय क्षेत्रका कृषकलाई कृषि उत्पादनतर्फ उत्प्रेरित गर्दै स्थानीय रूपमा उत्पादित खाद्यान्न तथा कृषि उपजलाई प्रवर्द्धन गर्ने उद्देश्यले एग्रो पुलिङ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो स्थानीय क्षेत्रका कृषकलाई उत्प्रेरित गरी कृषि उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित महानगरपालिकाको कार्यक्रममा आबद्ध हुन इच्छुक स्थानीय तहले प्रस्ताव पेश गर्नुपर्नेछ ।
इच्छुक स्थानीय तहले काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागमा प्रस्ताव पेश गर्न सक्नेछन् । त्यसैगरी विभागको इमेल [email protected] मा प्रस्ताव पेश गर्न सकिने महानगरले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.