लगातार दोस्रो दिन सेयर बजार ओरालो — आज नेप्से ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा बन्द भयो; १६१ कम्पनीको मूल्य घट्दा १३ मध्ये ११ उपसूचक रातो भए र दिनको कारोबार ४ अर्ब ९१ करोडमा झर्यो।
मध्यपूर्वमा जारी युद्धबीच कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो ।
पोखरा महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका घर तथा भवनलाई नियमित तथा अभिलेखीकरण गर्न आग्रह गरेको छ ।
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बारेको रिटको सुनुवाइ स्थगित गरिएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १० गते बाँकेको कोहलपुरमा ७ औँ वार्षिक साधारणसभा बोलाएको छ; सभाले हकप्रद सेयर र मर्जरसम्बन्धी प्रस्ताव पारित गर्ने तयारीमा।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ ।
सोपान फार्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ ।
माउन्ट एभरेष्ट पावरले आजबाट स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २५.८० करोडको आईपीओ खुला गर्यो।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गर्ने गिरोहविरुद्ध सीआईबीको अभियानमा अहिलेसम्म पूर्व मन्त्री विक्रम पाण्डेसहित १० निर्माण व्यवसायी सहित कुल १३ जना पक्राउ परिसकेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थ मन्त्रालयबाट १५ दिनमै तलब दिने पाइलट परियोजनाको शुभारम्भ गर्दै संघीय निजामती कर्मचारीहरूले अब अर्धमासिक रूपमै पारिश्रमिक पाउने व्यवस्थाको सुरुआत गरे।
.. ..