रञ्जु दर्शना भन्छिन्- रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन र गणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ असार २०८३, १२:२८ PM
फन्ट
रञ्जु दर्शना भन्छिन्- रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनगणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । उनले रोग, शोक र भोकका कारण बगेका आँसु कहिल्यै झुटो नहुने भन्दै सरकारलाई विपन्न नागरिकका पीडाप्रति संवेदनशील हुन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा दूध चुसाइरहेका आमा, सुत्केरी महिला तथा वृद्धवृद्धिलाई एकै किसिमको व्यवहार नगरियोस् भनेर आफूले प्रतिनिधिसभामा पटक–पटक आवाज उठाएको र सम्बन्धित निकायमा पनि आग्रह गरेको उल्लेख गरेकी छन्। तर सरकारले यो विषयलाई उचित ढङ्गले सम्बोधन गर्न नसकेको उनको भनाइ छ।

दर्शनाले गणेश नेपालीको आत्मदाह प्रयासलाई केवल उपचार खर्च व्यहोरेर टुङ्ग्याउन नहुने बताउँदै उनी यस्तो अवस्थामा पुग्नुको कारण खोज्न सरकारसँग माग गरेकी छन्। उनले उक्त घटनाबाट सरकारले नीति निर्माणमा आवश्यक पाठ सिक्नुपर्ने धारणा व्यक्त गरिन्। उनले दैनिक रूपमा आर्थिक र सामाजिक समस्याका कारण निराश बनेर 'अब सकिनँ' भन्ने अवस्थामा पुगेका लाखौँ युवाको जीवन सहज बनाउने नीति आवश्यक रहेको उल्लेख गरेकी छन्। यस्तो अवस्था केवल कमजोर मनोबलका कारण नभई सामाजिक तथा आर्थिक संरचनाले सिर्जना गरेको यथार्थ भएको उनको भनाइ छ।

रञ्जु दर्शनाले सरकारले एक सय दिनमै आमूल परिवर्तन वा लाखौँ रोजगारी सिर्जना गर्न नसके पनि त्यसको आधार तयार गर्न सक्ने बताउँदै विशेषगरी श्रमजीवी, गरिब र पीडित नागरिकको दुःख कम गर्ने दिशामा सरकारको ध्यान जानुपर्नेमा जोड दिएकी छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

3 comments · join the conversation

DP

Durga Prasad Acharya

·

Sarakaar bastabma na ta bhui maanchheko huna sakeko chha na ta middle classko.....yasto paaraale ta janataa niraas hudaichhan

NN

Nischal Neupane

·

7 star hotel मा अरब पति सङ बसेर खाने अर्थमन्त्री लाई के था हुन्छ भुइ मान्छे को पिडा

KP

khagendra pokhrel

·

सरकारले गरीब जति जताततैवाट हटाउने लखेट्ने अनि गरिबी उन्मुलन गर्ने सोच राखेको जस्तो छ सुन्ने पक्षमा छैन