ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न- तपाईं कन्टेट क्रियटर हो ?

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले स्टन्ट देखाएको आरोप लगाएका छन् । 

Artha Kendra Artha Kendra
शुक्रबार, २६ असार २०८३, २:१० PM
फन्ट
ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न- तपाईं कन्टेट क्रियटर हो ?

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले स्टन्ट देखाएको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गणेश नेपालीको घटनामा गृहमन्त्री गुरुङले उपचारमा ध्यान नदिएर क्यामेरा लिएर दौडिएको बताएका हुन् ।  

उनले भने- 'गृहमन्त्री तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उदेश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो । गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु ।'

उनले आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका थिए ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.