६५ मेगावाटको दूधखोला जलविद्युतलाई जुट्यो १० अर्ब लगानी

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २५ श्रावण २०८३, ५:० PM
फन्ट
६५ मेगावाटको दूधखोला जलविद्युतलाई जुट्यो १० अर्ब लगानी

काठमाडौँ । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार आयोजनामा लिड बैंक एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँसहायक बैंक सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन्। दुई बैंकले गरी आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन्।

मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २० करोड रुपैयाँभन्दा कम रहेकाले आयोजनालाई आकर्षक मानिएको छ। आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम थाल्ने कम्पनीको तयारी छ। निर्माण सुरु गरेको ३ वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य रहेको छ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले हाल नियमित विद्युत उत्पादन गरिरहेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.