नेप्सेमा फेरि प्राविधिक समस्या, टीएमएस र नेप्सेमा केएचपीएलको मूल्य फरक देखिएपछि लगानीकर्ता अन्योलमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा बुधबार फेरि प्राविधिक समस्या देखिएको छ।

Artha Kendra Artha Kendra
बुधबार, १३ श्रावण २०८३, ४:१० PM
फन्ट
नेप्सेमा फेरि प्राविधिक समस्या, टीएमएस र नेप्सेमा केएचपीएलको मूल्य फरक देखिएपछि लगानीकर्ता अन्योलमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा बुधबार फेरि प्राविधिक समस्या देखिएको छ। कालिन्चोक हाइड्रोपावर लिमिटेड (KHPL) को अन्तिम कारोबार मूल्य नेप्से र टीएमएस (TMS) मा फरक–फरक देखिएपछि लगानीकर्ता अन्योलमा परेका छन्।

नेप्सेको वेबसाइटमा केएचपीएलको अन्तिम कारोबार मूल्य रु. ९५४ देखाइएको छ, जसमा रु. १० (१.०६ प्रतिशत) को वृद्धि उल्लेख गरिएको छ। तर, टीएमएसमा सोही कम्पनीको अन्तिम कारोबार मूल्य रु. १,०६१ देखिएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा रु. ११७ (१२.३९ प्रतिशत) ले बढी हो।

फ्लोरसिटमा समेत अन्तिम कारोबार मूल्य रु. १,०६१ नै देखिएकाले नेप्से वेबसाइटमा देखिएको मूल्य त्रुटिपूर्ण भएको हुन सक्ने आशंका गरिएको छ।

 

यसले नेप्से परिसूचक (NEPSE Index) को गणनामा पनि प्रश्न उठाएको छ। नेप्सेमा बुधबार परिसूचक २,६८८.८८ अंकमा ७.७९ अंक (०.२८ प्रतिशत) ले घटेको देखाइएको छ। तर, केएचपीएलको मूल्य नै गलत देखिएको अवस्थामा परिसूचकको गणना सही हो वा होइन भन्ने विषयमा समेत लगानीकर्ताबीच अन्योल उत्पन्न भएको छ।

यस विषयमा नेप्सेका अधिकारीसँग सम्पर्क गर्दा प्रणालीमा समस्या देखिएको स्वीकार गर्दै त्यसको समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिएका छन्।

यसअघि पनि नेप्सेको प्रणालीमा यस्तै समस्या देखिएको थियो। केही समयअघि नेप्से परिसूचक एक्कासि ३७ प्रतिशतभन्दा बढीले घटेर १,७१७ अंक पुगेको देखिएपछि लगानीकर्ताबीच व्यापक अन्योल सिर्जना भएको थियो। पछि उक्त समस्या प्राविधिक त्रुटिका कारण भएको भन्दै नेप्सेले सुधार गरेको थियो।

नेप्से प्रणालीमा प्राविधिक समस्या, सूचकांक ३७ प्रतिशतले घटेको देखिएपछि लगानीकर्ता अन्योलमानेप्से प्रणालीमा प्राविधिक समस्या, सूचकांक ३७ प्रतिशतले घटेको देखिएपछि लगानीकर्ता अन्योलमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा शुक्रबार बजार बन्द हुने समयमा प्राविधिक समस्या देखिएको छ।

नेप्सेमा पटक–पटक यस्ता प्राविधिक समस्या दोहोरिनु, समस्या समाधानमा लामो समय लाग्नु तथा लगानीकर्तालाई समयमै आधिकारिक सूचना नपुग्नुले प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।

यता, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे कारोबार तथा सर्ट सेलिङ कार्यान्वयनको तयारी भइरहेको जनाएको अवस्थामा नेप्सेको आधारभूत प्रणालीमै बारम्बार समस्या देखिनुले बजार सहभागीहरूबीच थप चिन्ता र अन्योल बढाएको छ।

सम्बन्धित
नेप्से प्रणालीमा प्राविधिक समस्या, सूचकांक ३७ प्रतिशतले घटेको देखिएपछि लगानीकर्ता अन्योलमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीमा शुक्रबार बजार बन्द हुने समयमा प्राविधिक समस्या देखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.