फस्र्ट माइक्रोफाइनान्सको नाफा ७३.६३% ले बढ्यो, एनपीएल पनि घट्यो

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म खुद नाफामा उल्लेखनीय वृद्धि गरेको छ।

Artha Kendra Artha Kendra
आइतबार, ३ श्रावण २०८३, २:५५ PM
फन्ट
फस्र्ट माइक्रोफाइनान्सको नाफा ७३.६३% ले बढ्यो, एनपीएल पनि घट्यो

काठमाडौं, ०३ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म खुद नाफामा उल्लेखनीय वृद्धि गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, खुद नाफा ७३.६३ प्रतिशतले बढेर १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै, वितरणयोग्य मुनाफा ५०.७६ प्रतिशतले बढेर १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। उपलब्ध वित्तीय अवस्थाका आधारमा कम्पनीले करसहित करिब १०.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ। यद्यपि, लाभांश वितरण सम्बन्धी अन्तिम निर्णय सञ्चालक समितिको सिफारिस, नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र हुनेछ।

कम्पनीको सञ्चालन मुनाफा ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ। ब्याज खर्च करिब ४८ प्रतिशतले घटेपछि खुद ब्याज आम्दानीमा सुधार आएको कम्पनीले जनाएको छ।

त्यसैगरी, निष्क्रिय कर्जा (एनपीएल) ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ भने नेट एनपीएल शून्य मा कायम रहेको छ, जसले कर्जा गुणस्तरमा सुधार भएको संकेत गर्छ।

यस अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) ८.१७ रुपैयाँबाट बढेर १४.१८ रुपैयाँ पुगेको छ। यद्यपि, कुल सम्पत्ति र कर्जा लगानीमा केही गिरावट आएको छ।

साथै, पुँजीकोष अनुपात ३५.४३ प्रतिशत पुगेकाले कम्पनीको वित्तीय आधार थप मजबुत बनेको देखिन्छ। लागत नियन्त्रण, कर्जा असुलीमा सुधार तथा नाफाको गुणस्तरमा वृद्धि का कारण कम्पनीको समग्र वित्तीय अवस्था अझ सुदृढ भएको संकेत वित्तीय विवरणले गरेको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.