साना नदीमा बाढीको जोखिम बढ्ने, २० जिल्लामा सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशीपारिका जिल्ला, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायत आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्न सक्नेछ । त्यस्तै ओखलढुंगा, रामेछाप, रुकुम पूर्व, जाजरकोट, डोटी, डडेलधुरा, बाजुरा, दार्चुला लगायतका जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नदी किनार र तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले शनिबार र आइतबार पनि सातै प्रदेशका केही साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ । वर्षा भइरहेका बेला नदी, खोला र खहरे आसपास अनावश्यक आवतजावत नगर्न, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।
आजदेखि बढ्यो पुँजीगत लाभकर, अब शेयरबाट नाफा कमाउँदा कति कर तिर्नुपर्छ?
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको शेयर कारोबारसम्बन्धी नयाँ पुँजीगत लाभकर (Capital Gains Tax) व्यवस्था आज (शुक्रबार) देखि लागू भएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.