आजदेखि बढ्यो पुँजीगत लाभकर, अब शेयरबाट नाफा कमाउँदा कति कर तिर्नुपर्छ?

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको शेयर कारोबारसम्बन्धी नयाँ पुँजीगत लाभकर (Capital Gains Tax) व्यवस्था आज (शुक्रबार) देखि लागू भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १ श्रावण २०८३, ९:५७ AM
फन्ट
आजदेखि बढ्यो पुँजीगत लाभकर, अब शेयरबाट नाफा कमाउँदा कति कर तिर्नुपर्छ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको शेयर कारोबारसम्बन्धी नयाँ पुँजीगत लाभकर (Capital Gains Tax) व्यवस्था आज (शुक्रबार) देखि लागू भएको छ। नयाँ व्यवस्थासँगै शेयर कारोबारमा लागू हुने करको दर औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधिसम्म शेयर होल्ड गर्ने अल्पकालीन लगानीकर्ताले १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि शेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि यी दर क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत थिए।

सरकारले शेयर बिक्रीबाट कटाइने पुँजीगत लाभकरलाई अन्तिम कर (Final Tax) को मान्यता दिएको छ। अर्थात्, स्रोतमै कट्टा भएको करलाई नै अन्तिम मानिने भएकाले सोही आम्दानीमा पुनः कर लाग्ने छैन।

यस व्यवस्थाप्रति लगानीकर्ता र बजारका सरोकारवालाहरूबीच विभिन्न धारणा व्यक्त भइरहेका छन्। कतिपयले कर प्रणाली थप स्पष्ट भएको बताएका छन् भने केहीले करको दर वृद्धि र यसको सम्भावित प्रभावबारे पुनरावलोकन आवश्यक रहेको धारणा राखेका छन्। सरकारले भने यस व्यवस्थाले कर प्रणालीलाई थप सरल र स्पष्ट बनाउने अपेक्षा गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

RK

Ram Kumar Tamang

·

आजबाट भन्न अलिक नसुहाउला की जेठ असार महिना पनि एक वर्ष भन्दा काम होल्ड गर्ने को 10 % नै काटीरहेको ।