विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न विशेष अदालतको अनुमति
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई सोमबार विशेष अदालतका सदस्य न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट अनुसन्धानका लागि तीन दिन थुनामा राख्न म्याद थप भएको हो ।
असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई शुरुमा सात दिनको म्याद दिइएकोमा त्यसपछि असार १५ गते ३ दिनको र असार १८ गते ६ दिनको म्याद थप भएको थियो । त्यस्तै उनको यसअघि असर २४ गते पाँच दिन म्याथ थप भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.