यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा, आजदेखि आवेदन खुला
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि अवितरित रहेको सेयर आजदेखि लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।
काठमाडौं, २९ जेठ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि अवितरित रहेको सेयर आजदेखि लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।
कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दा बिक्री हुन नसकेको कुल ७० हजार ४८० कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको जनाएको छ। लिलामीमा राखिएको सेयरमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहअन्तर्गतको तथा ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहअन्तर्गतको रहेको छ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। लगानीकर्ताले कम्तीमा १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण सेयरसम्मका लागि बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नेछन्। साथै लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखाबाट समेत आवेदन बुझाउन सकिने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा सम्पूर्ण सेयरका लागि आवेदन नपरेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।
कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले आगामी असार ८ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ। लिलामी प्रक्रियाबाट सेयर खरिद गर्न चाहने लगानीकर्ताले तोकिएको समयसीमाभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.