स्पेसएक्सको इतिहासकै ठूलो आईपीओ आउँदै

इलोन मस्कसँग सम्बन्धित अन्तरिक्ष तथा स्याटेलाइट इन्टरनेट कम्पनी स्पेसएक्सले विश्व शेयर बजारकै सबैभन्दा ठूलोमध्ये एक मानिएको आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले Nasdaq मा SPCX संकेतअन्तर्गत सूचीकरण गर्ने योजना अघि सारेको छ।

Artha Kendra Artha Kendra
आइतबार, २४ जेठ २०८३, ११:३६ AM
फन्ट
स्पेसएक्सको इतिहासकै ठूलो आईपीओ आउँदै

स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्प अर्थात् स्पेसएक्स ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ठूलो पुँजी संकलन गर्ने तयारी गरेको छ। कम्पनीले अमेरिकी शेयर बजार Nasdaq र Nasdaq Texas मा SPCX संकेतअन्तर्गत शेयर सूचीकरणका लागि आवेदन दिएको विवरण सार्वजनिक भएको छ।

प्रस्तावित निष्कासनमा प्रतिशेयर मूल्य करिब १३५ अमेरिकी डलर रहने र कम्पनीले करिब ५५.५६ करोड कित्ता शेयर बिक्री गर्ने विवरणहरू सार्वजनिक भएका छन्। यस आधारमा स्पेसएक्सले करिब ७५ अर्ब अमेरिकी डलर पुँजी संकलन गर्ने लक्ष्य राखेको देखिन्छ।

आईपीओको अन्तिम मूल्य निर्धारण जुन ११, २०२६ मा हुने र त्यसको भोलिपल्ट अर्थात् जुन १२, २०२६ देखि कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ। सूचीकरणपछि कम्पनीको मूल्यांकन करिब १.७५ ट्रिलियन अमेरिकी डलर आसपास पुग्ने अनुमान गरिएको छ।

स्पेसएक्स रकेट प्रक्षेपण, स्टारलिङ्क स्याटेलाइट इन्टरनेट तथा अन्तरिक्ष प्रविधिसँग जोडिएको कम्पनी हो। आईपीओ सफल भएमा यो विश्व पूँजी बजारमा प्रविधि तथा अन्तरिक्ष क्षेत्रको सबैभन्दा ठूलो सूचीकरणमध्ये एक हुनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.