यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि बिक्री नभई बाँकी रहेको सेयर अब बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
काठमाडौं, २२ जेठ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि बिक्री नभई बाँकी रहेको सेयर अब बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले कुल ७० हजार ४८० कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि लिलामीमा ल्याउन लागेको हो।
कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १००:१० अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको जनाएको छ।
लिलामीमा समावेश गरिएको सेयरमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहतर्फको तथा ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहतर्फको रहेको छ।
कम्पनीका अनुसार लिलामीमा सहभागी हुन इच्छुक लगानीकर्ताले जेठ २९ गतेदेखि आवेदन दिन सक्नेछन्। यस प्रक्रियामा व्यक्तिगत लगानीकर्तासँगै कम्पनी तथा विभिन्न संघसंस्थाले पनि सहभागिता जनाउन पाउनेछन्।
सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
बोलपत्र आवेदन लक्ष्मी सनराइज क्यापिटलका साथै लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखामार्फत बुझाउन सकिनेछ।
कम्पनीले असार ८ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको छ। त्यसपछि प्राप्त बोलपत्रहरूको मूल्यांकन गरी प्रचलित नियमअनुसार सेयर बाँडफाँड प्रक्रिया अघि बढाइनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.