फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित
एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ ।
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ ।
यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा रहेको ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।
नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउने विश्वास गरिएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने तथा वार्षिक करिब ३८.७४ गिगावाट-घण्टा (GWh) विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।
बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको यस आयोजनाबाट स्वच्छ ऊर्जा उत्पादन वृद्धि, देशको आर्थिक विकासमा योगदान तथा वातावरणीय संरक्षणमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.