नासा एक्समा समस्या : शेयर नदेखिँदा किनबेच प्रभावित, सम्पर्क हुन नसकेको लगानीकर्ताको गुनासो

प्रणालीमा आफूले धारण गरेको शेयर नदेखिँदा किनबेच गर्न समस्या भएको लगानीकर्ताहरूले बताएका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २९ बैशाख २०८३, ५:३३ PM
फन्ट
नासा एक्समा समस्या : शेयर नदेखिँदा किनबेच प्रभावित, सम्पर्क हुन नसकेको लगानीकर्ताको गुनासो

नासा सेक्युरिटिजको अनलाइन कारोबार प्रणाली ‘नासा एक्स’ मा समस्या देखिएको भन्दै लगानीकर्ताहरूले गुनासो गर्न थालेका छन्। प्रणालीमा आफूले धारण गरेको शेयर नदेखिँदा किनबेच गर्न समस्या भएको लगानीकर्ताहरूले बताएका छन्।

एक लगानीकर्ताका अनुसार प्रणालीमा शेयर नै नदेखिएपछि आफूसँग भएको शेयर बिक्री गर्न कठिन भएको छ। साथै समस्या समाधानका लागि कम्पनीसँग सम्पर्क गर्न खोज्दा पनि सहज रूपमा सम्पर्क हुन नसकेको उनको गुनासो छ। “फोन गर्दा सम्पर्क हुँदैन, इमेल गर्दा स्वचालित रिप्लाइ मात्र आउँछ, तर समस्या समाधान भएको छैन,” उनले बताएका छन्।

पछिल्लो समय नासा सेक्युरिटिजप्रति लगानीकर्ताको असन्तुष्टि बढ्दै गएको देखिन्छ। धेरै लगानीकर्ताहरूले शेयर बिक्रीपछिको भुक्तानी ढिला हुने, शेयर ट्रान्सफरमा समय लाग्ने तथा समस्या पर्दा सम्बन्धित निकायसँग सम्पर्क गर्न कठिन भएको गुनासो गर्दै आएका छन्।

लगानीकर्ताहरूले यस्ता प्राविधिक तथा सेवा सम्बन्धी समस्याले कारोबारमै असर पर्ने भएकाले कम्पनीले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। साथै, नासा सेक्युरिटिजले लगानीकर्ताका गुनासा छिटो सम्बोधन गर्दै सेवा सुधारमा आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

14 comments · join the conversation

MS

Manisha Shahi

·

Mero ma Pani share dekhaudaina kin hola

SK

Sher kumar

·

Time ma paisa nahalne, tranxation charge vanera 500 katene, aslai chai cib le anusandan garnu parcha, poisa long time hold garne without interest. Case garnu parcha aja ko loss jati sabai naasa le tirnu parcha

PB

Prakash Barnwal

·

मेरो पनि बेचेको सेयर को भुक्तानी धेरै नै ढिलो भयो

KM

KEDAR MAN RAI

·

सेयर बेचेको रकम समयमा नआउने समस्या बढेको छ. पहिले समयमा नै आउथ्यो साथै फोन कल नउठाउने जस्तो परिपाटी को अन्त्य हुनुपर्छ.नासा जस्तो प्रख्यात ब्रोकर ले यस बिषयमा समयमा नै विचार पुर्याउनु पर्छ.

NK

Naresh khadka

·

समस्या समाधानमा छिटाेभन्दा छिटाे पहल हाेस् । समस्या मेराे पनि हाे ।

AK

Amir Karki

·

I have faced the same issue 🤔

SB

Shankesh bohara

·

Same problem paisa time ma refund vaya ko xain 3 week vo samta laghubitta ko 10 kitta buy gare ko 1 kitta matr sow gardai x phone gardai call receive husain vayani pura nahudai cut hunx 😭

S

Santa

·

Complain garda ulto collateral ghataucha. Phn lagdaina. Kaile balance nai dekhaudaina.

MT

MD. Tashin

·

Too worst broker no pickup call there's Ai talking but not responding like human withdrawal services too weak

N

Navaraj

·

Same problem. Main problem is communication. No one is responsible. What is the procedure to change the broker suggest me. While both DP and trading account on Naasa Securities.