नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स (NMIC) को अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।
बीमा ऐन, २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा ४६ वर्षीय श्रेष्ठ काठमाडौंको कागेश्वरी मनहरा-५ बाट पक्राउ परेको प्रहरीको भनाइ छ ।
नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसुर भएको उल्लेख गर्दै अनुसन्धान तथा छानबिनका लागि सीआईबीमा प्रतिवेदन पठाएको थियो ।
सोही प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई मिति २०८३/०१/१५ गते श्रेष्ठलाई पक्राउ गरिएको हो । काठमाडौं महानगरपालिका वडा नं. ३१, मिनभवन बस्ने श्रेष्ठमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.