सूर्यकुण्ड हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, २१ माघ २०८२, ११:३८ AM
post-image

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि खुला गरिएको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । आइपिओमा आज राति ८ बजेसम्म आवेदन दिन सकिने छ । 

यस आइपिओमा अहिलेसम्म २० लाख ४९ हजार २८५ जनाले २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन दिइसकेका छन् ।   

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको छ । 

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।  यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखासँगै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}