कालिञ्चोक हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति

सोमबार, १९ माघ २०८२, ६:५८ PM
post-image

१९ माघ, काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले २०८२ साल माघ १९ गते कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो, जसबाट कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ पुँजी संकलन गर्नेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई दिइएको छ। सेबोनबाट विवरण पत्र प्रकाशनको स्वीकृति पाएसँगै कम्पनीले अब नियमअनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरी त्यसपछि सर्वसाधारणका लागि आवेदन खुला गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}