सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

आइतबार, २१ माघ २०८०, १२:३१ PM
post-image

सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार रूपैयाँ रहेको छ । मर्जर प्रक्रियाका कारण कम्पनीको बोनस शेयरमा लाग्ने कर भने छुट हुनेछ ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । यस वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}