युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन

आइतबार, २१ माघ २०८०, ७:० AM
post-image

आज माघ २१ गते युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा र लाभांस वितरणका लागि भोलि माघ २२ गते बुक क्लोज गर्दै छ। भोलि बुक क्लोज हुने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांस सुरछित गर्ने सक्नेछन।

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा फागुन ६ गते अनमोल ब्यान्क्वेट, शंखमुलमा गर्दैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}