सुनको मुल्य लगातार ओरालो, आज तोलामा २९ सयले घटेर २ लाख ३७ हजारमा कारोबार हुँदै

मंगलबार, ११ कार्तिक २०८२, ११:११ AM
post-image

आज मंगलबार पनि सुनको भाउ घटेको छ।

सोमबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा आइपुगेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३ हजार १ सय ९० रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा झरेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३ रुपैयाँ ५० पैसा तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}