तिहारपछि सुनको मूल्यमा भारी गिरावट, एकैदिन ११,६०० रुपैयाँले घट्यो
काठमाडौं — तिहारको बिदापछि आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन रु. ११,६०० ले घटेर रु. २,४१,९०० प्रतितोला कायम भएको छ।
यसअघि कात्तिक ३ गते सुनको मूल्य रु. २,५३,५०० प्रतितोला थियो। तिहार बिदाका कारण मूल्य सार्वजनिक नभए पनि अन्तर्राष्ट्रिय बजारमा गिरावट आइसकेको थियो, जसको प्रभाव आज देखिएको हो।
चाँदीको मूल्य पनि घटेको छ। आज रु. २६५ ले घटेर प्रतितोला रु. ३,०१५ मा कारोबार भइरहेको छ। कात्तिक ३ मा चाँदी रु. ३,२८० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस ४,११३ अमेरिकी डलर र चाँदी ४८ डलर मा कारोबार भइरहेको छ, जसले नेपाली बजारमा पनि प्रत्यक्ष असर पारेको देखिन्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.