श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँट गरिने, करिब १७ लाखको हात रित्तो हुने पक्का !

ipo result

Artha Kendra Artha Kendra
मंगलबार, ११ कार्तिक २०८२, ९:१० AM
फन्ट
श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँट गरिने, करिब १७ लाखको हात रित्तो हुने पक्का !

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ कात्तिक १२ गते बिहान बाँडफाँटको तयारी गरेको हो।

आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन्। आईपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो। मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुँदा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन्। सोहि मध्यका ३ जनाले भने १।१ कित्ता थप गरी ११ कित्ता शेयर पाउने छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.