सिटी होटल लिमिटेडको हकप्रदमा आवेदन दिन असोज २६ गतेसम्म अवसर

सिटी होटल लिमिटेडले आफ्नो हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २१ असोज २०८२, १२:३९ PM
फन्ट
सिटी होटल लिमिटेडको हकप्रदमा आवेदन दिन असोज २६ गतेसम्म अवसर

काठमाडौं । सिटी होटल लिमिटेडले आफ्नो हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो, जसमा लगानीकर्ताले अब असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गर्दै १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै आवेदन दिन योग्य छन्।

कम्पनीको हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (CARE NP BB-) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट वा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल सिटी होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। हकप्रदमार्फत संकलन हुने रकम कम्पनीले आफ्ना ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.