माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारमाथि नरसंहारको आरोप
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ।
२३ भदौ, काठमाडौं — जेनजी आन्दोलनमा राज्यद्वारा भएको हिंसात्मक दमनको विरोधमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ। माओवादी नेताहरूले प्रदर्शनमा १५ जनाको मृत्यु भइसकेको जनाउँदै सरकारको गोली प्रहारलाई "नरसंहार" को संज्ञा दिएका छन्।
गोरखामा जारी जनजागरण अभियान स्थगित गर्दै शीर्ष नेताहरू काठमाडौं फर्किने तयारीमा छन्। सांसद माधव सापकोटाले “सरकारले ताकी ताकी गोली हानेको छ, यो हत्या नभएर नरसंहार नै हो” भन्दै प्रधानमन्त्रीले वातावरण सहज बनाउन राजीनामा दिनुपर्ने बताएका छन्।
माओवादी नेताहरूको अनौपचारिक बैठकले सरकारको व्यवहारलाई अनुचित ठहर गर्दै परिस्थिति सम्हाल्न प्रधानमन्त्रीको पदत्याग आवश्यक भएको निष्कर्ष निकालेको हो। आन्दोलनको चर्को दबाबबीच सरकारको नैतिक र वैधानिकता गुमेको टिप्पणी पनि गरिएको छ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, स्कुले बालबालिकासमेत मारिए
ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु भएपछि संख्या बढेको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.