संसद भवन जोगाउन प्रहरीले लियो १६ जनाको ज्यान

प्रदर्शनकारीहरू संसद परिसरतर्फ अघि बढेपछि सुरक्षाकर्मीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, ४:४९ PM
फन्ट
संसद भवन जोगाउन प्रहरीले लियो १६ जनाको ज्यान

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनमा संसद भवनको सुरक्षा गर्न खोज्दा प्रहरीले चलाएको गोलीबाट १६ जनाको मृत्यु भएको छ। प्रदर्शनकारीहरू संसद परिसरतर्फ अघि बढेपछि सुरक्षाकर्मीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए।

ट्रमा सेन्टर, सिभिल अस्पताल, शिक्षण अस्पताल, एभरेस्ट र काठमाडौं मेडिकल कलेजमा उपचाररत घाइतेमध्ये १६ जनाको मृत्यु पुष्टि भएको हो। आन्दोलनमा हजारौं युवा सहभागी थिए, जसमा दर्जनौं गम्भीर घाइते छन्। 

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने प्रयास भए काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउन आदेश दिएका थिए।

सरकारले संसद भवन, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शन जारी रहेको छ। जेनजी समूहले सरकारको मनोमानी, अभिव्यक्ति स्वतन्त्रता हनन र डिजिटल अधिकारको पक्षमा आवाज उठाउँदै आन्दोलन थालेका हुन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.