जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, स्कुले बालबालिकासमेत मारिए

सोमबार, २३ भदौ २०८२, ५:७ PM
post-image

२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बन्दै गएको छ। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु भएपछि संख्या बढेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु पुष्टि गरेका छन्। त्यहाँ ५० जना घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर छ।

अन्य अस्पतालहरूमा पनि मृत्युको संख्या बढ्दो छ — एभरेस्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २, र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ, तर स्कुले बालबालिकाहरू पनि मृतकमा परेको पुष्टि भएको छ।

हाल काठमाडौंका विभिन्न अस्पतालमा २१६ भन्दा बढी घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ। आन्दोलन चर्किएपछि सरकारले कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शन जारी छ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने प्रयास भए काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउन आदेश दिएका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}